निगमले पेट्रोलियम पदार्थको मूल्य घटायो
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । सरकारले पुरानै मूल्यमा पेट्रोलियम पदार्थको बिक्री गर्न भनेपछि नियमले पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।
निगमले शनिबार रातीदेखि लागू हुनेगरी बढाइएको पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गरेको हो ।
निगमले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निर्देशन भए बमोजिम स्वचालित मूल्य प्रणाली यथावत् हुनेगरी पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता भएको छ ।’
