सरुन परियार बने मिस्टर मकवानपुरको बिजेता
मकवानपुर । तेस्रो मिस्टर मकवानपुरको बिजेता सरुन परियार बनेका छन् । नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासंघ मकवानपुरको आयोजनामा शनिबार हेटौंडामा सम्पन्न प्रतियोगिताको बिजेता ७० केजी तौल समूहका परियार बनेका हुन् ।
उनी विजेता भएसँगै एक लाख नगद मेडल र ट्रफि प्राप्त गरेका छन् । उनलाई हेटौंडा उपमहानगरपालिकाको नगर प्रमुख मीना कुमारी लामाले पुरस्कारहरु हस्तान्तरण गरेकी थिइन् ।
यस्तै, प्रतियोगिताका फस्ट रनअप ७५ केजी तौलका राज शाही र सेकेण्ड रनरअप ६० केजी तौलका शैलेन्द्र कुमार साह घोषित भए । उनीहरु क्रमशः नगद ५० हजार र ३० हजार रुपैयाँसहित मेडल र ट्रफि प्राप्त गरे ।
मिस्टर मकवानपुर विधामा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूहमा प्रतिस्पर्धा भएको थियो । जसमा ५५ केजी समूहमा युवराज छत्कुली, ६० केजी तौल समूहमा शैलेन्द्र कुमार साह, ६५ केजी समूहमा इन्द्र कुमार अधिकारी, ७० केजी समूहमा सरुन परियार र ७५ केजी तौल समूहमा राज शाही विजेता बनेका थिए । उनीहरुले जनहरी १०/१० हजार रुपैयाँ नगदसहित ट्रफी प्राप्त गरेका थिए । समूह विजेताहरुले फाइनलमा आफ्नो प्रस्तुती दिएका थिए ।
त्यस्तै, महिला खेलाडीहरुलाई शारिरिक सुगठनतर्फ आर्कषण गराउन वेष्ट फिजिक्स वुमन च्याम्पियनसीप विधा समेत गराइएको थियो । मकवानपुरमा पहिलो पटक गरिएको उक्त प्रतियोगितामा ४ जना महिला खेलाडीले सहभागी थिइन् ।
जसमा अरिमा थिङ विजेता बनेकी थिइन् । उनले २० हजार नगद मेडल प्राप्त गरिन् भने द्धितीय स्थान शान्ता माया स्याङ्तान, तृतीय स्थान जुनी पुलामी मगर र चौथो स्थानमा कल्पना कुमारी दर्लामी मगर भएकी थिइन् ।
यसैगरी, प्रतियोगतामा पहिलो पटक मिस्टर मकवानपुर भेट्रान्सको पनि आयोजना गरिएको थियो । उक्त प्रतियोगितामा ८ जना भेट्रान्स खेलाडीले सहभागिता जनाएका थिए । जसमा विजेता विमल लामा, द्धितीय बुद्ध लामा र तृतीय स्थान भुवन बहादुर तामाङ र चौथो स्थानमा विकास बानियाँ भए ।
प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने उत्कृष्ठ तथा अनुशासित क्लव भनेर वेस्ट क्लब कलिउड सुपर डान्स एण्ड फिटनेस प्रा.लिलाई २५ हजार नगदसहित सम्मान गरिएको थियो ।
