मकवानपुर प्रहरीद्वारा अवैध गाँजा नष्ट

तु खबर संवाददाता
२०८० आश्विन १४, आईतवार ०९:०९

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले विभिन्न स्थानबाट बरामद गरिएको ठूलो मात्राको लागूऔषध गाँजा शनिबार जलाएर नष्ट गरेको छ ।

प्रहरीले विभिन्न समयमा बरामद गरेको १ हजार ३९ किलो ३९५ ग्राम लागूऔषध गाँजा हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा रहेको राप्ति खोलाको किनारमा जलाएर नष्ट गरेको  मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

यस्तै, प्रहरीले गाँजासँगै २०५ ग्राम चरेश, १ हजार ४१ ट्यावलेट नाईट्राभेट र ३ ग्राम ७४० मिली ग्राम खैरोहेरोईनमा पनि आगो लगाएर नष्ट गरेको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरीले पछिल्लो समय लागुऔषध गाँजा नियन्त्रणमा चासो देखाएको छ । अधिकाँश भरियाहरु पक्राउ पर्ने गरेका छन् । तर, वास्तविक गाँजा तस्करसम्म भने प्रहरी पुग्न सकेको देखिँदैन ।