हेटौंडाको एक घरमा आगोलागी, ५ लाखको क्षति
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ ठूलोथलीमा बुधबार साँझ एक घरमा आगोलागी भएको छ ।
स्थानीय सन्तेबहादुर बज्युको पक्की वाल भएको भुई तल्ले भान्सा घरमा आगोलागी भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, बुधबार साँचm सवा ७ बजेको समयमा सिलिण्डर ग्यास लिक भई अचानक आगलागी भएको हो ।
आगोलागीबाट घर पूर्ण रुपमा क्षति हुनुका साथै अन्नपात, भाडाकुडा, सोलार, नगद पैसा, गरगहना जलेर नष्ट हुँदा ५ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।
