काम थाल्नुअघि १५ मिनेट अनिवार्य योग–ध्यान गर्न निर्देशन
काठमाडौं । गृह मन्त्रालयले आफ्ना कर्मचारीहरुलाई बिहान कार्यालय सयम सुरु भएपछि १५ मिनेट योग अभ्यास गर्न निर्देशन दिएको छ ।
बुधबार एक परिपत्र जारी गर्दै मन्त्रालयले महाशाखाहरु अन्तरगतका अधिकृत स्तरका सबै कर्मचारीहरुले हरेक दिन बिहान १०ः१५ भित्र अनिवार्य रुपमा १५ मिनेट योग अभ्यास गरिसक्न निर्देशन दिएको हो ।
यस्तो योगअभ्यास र ध्यान गरेर मात्र आफ्नो कार्य जिम्मेवारीअनुसार काम सुरु गर्न मन्त्रालयले निर्देशन दिएको हो ।