प्रधानमन्त्री प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्यबीच भेटवार्ता

तु खबर संवाददाता
२०८० आश्विन ९,मंगलवार १६:५५

काठमाडौं । चीन भ्रमण रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) र चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युयान जीयाजुनबीच भेटवार्ता भएको छ ।

भ्रमणको चौँथो दिन राजधानी बेइजिङबाट छोङछुङ प्रस्थान गरेका प्रचण्ड र सीपीसी पोलिटब्यूरो सदस्य युयानबीच भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

युयान छोङछिङ नगर कमिटीका अध्यक्ष समेत हुन् । प्रधानमन्त्री प्रचण्डले छोङछिङ एकेडेमी अफ एग्रिकल्चरल साइन्सको अवलोकन भ्रमण गरेका छन् ।

प्रधानमन्त्रीलाई छोङछिङस्थित एकेडेमी अफ एग्रिकल्चरल साइन्सेन्सका पदाधिकारीले स्वागत गरेका थिए । त्यहाँ प्रधानमन्त्री प्रचण्डले वैज्ञानिक एवम् आधुनिक कृषि प्रणालीबारे जानकारी लिएका थिए ।