चट्याङ लागेर महिलाको मृत्यु

तु खबर संवाददाता
२०८० भाद्र २९, शुक्रबार १०:१७
file-photo

दैलेख । दैलेखको महावु गाउँपालिका–१ खरीगैरामा चट्याङ लागेर एक महिलाको मृत्यु भएको छ ।

बिहीबार साँझ परेको चट्याङ लागेर खरीगैराका ४२ वर्षीया भूमिसरा खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रहरीका अनुसार, चट्याङ लागेर घाइते भएकी खत्रीको उपचारका क्रममा जिल्ला अस्पताल दैलेखमा मृत्यु भएको हो । चट्याङ लागेर १६ जना घाइते भएका छन् ।