६० किलो सुन प्रकरण : थप एक जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार १६:१३

काठमाडौं । त्रिभुवन विमानस्थलबाट बाहिरिएको ६० किलो ७१६ ग्राम सुन तस्करीमा संलग्न आरोपमा थप एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पाल्पा घर भएका गणेश पौडेल रहेका छन् । उनलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले पक्राउ गरेको हो ।

हङकङबाट ‘रेडी ट्रेड प्रालि’ को नाममा तस्करी गरेर ल्याएको सुन त्रिभुवन विमानस्थल भन्सार गेट बाहिरबाट राजस्व अनुसन्धान विभागले साउन ३ मा बरामद गरेको थियो । सो सुन मोटरसाइकल र स्कुटरको ‘ब्रेक प्याड’मा लुकाएर काठमाडौं ल्याइएको हो ।

सो प्रकरणमा गणेश पौडेलसहित पक्राउ पर्नेका संख्या २४ पुगेको छ । पक्राउ पर्ने अन्यहरूमा राम कुमार भुजेल, दिलीप भुजेल, हर्कराज राई, थाप्तेन छिरिङ, राजेन्द्र राई, अशोक लामा, जीक्वाङ लिन, राजन श्रेष्ठ, पुष्करराज भट्ट, कृष्ण श्रेष्ठ, यादव पराजुली, सुदर्शन गौतम, सन्तोष चन्द, कुमार ढकाल, सरोज श्रेष्ठ, सुरेन्द्र तामाङ, दावा छिरिङ, टीयान मि, वेन तोङ, डीङ सेग्फा, ली–नेङकाई, याओ पुचेङ्ग र ली वेन सुङ्ग रहेका छन् ।