६० किलो सुन प्रकरणमा जोडिएकाहरुको सम्पत्तिमाथि अनुसन्धान सुरू
काठमाडौं । ६० किलो सुन तस्करी प्रकरणमा जोडिएका कर्मचारीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि अनुसन्धान सुरु गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुन तस्करी र त्यसमा जोडिएका कर्मचारीहरुको सम्पत्तिमाथिको अनुसन्धान थालेको हो ।
अख्तियारले सुन तस्करीका समयमा कार्यक्षेत्र र जिम्मेवारीमा रहेका कर्मचारीहरुको भूमिकामाथि अनुसन्धान थालेको छ । त्यस क्रममा विस्तृत विवरण मागेर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा पत्राचार समेत गरेको छ ।
