बागमती प्रदेश सभामा दुई वटा विधेयक दर्ता

तु खबर संवाददाता
२०८० भाद्र १३, बुधबार १५:४०

मकवानपुर । बागमती प्रदेश सभा सचिवालयमा बुधबार दुई वटा विधेयक दर्ता भएको छ । उक्त विधेयक प्रदेश सरकारको तर्फबाट दर्ता गरिएको हो ।

प्रदेश सभा सचिवालयमा प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक र स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक रहेको सो सचिवालयका प्रवक्ता मनोजकुमार गुप्ताले जानकारी दिए ।

उनका अनुसार, सचिवालयमा आज दर्ता गरिएको सो विधेयक आगामी अधिवेशनको बैठकबाट पारित गर्न प्रक्रिया अघि बढाइसकिएको छ ।
प्रदेश सभाको बैठक अधिवेशन यही भदौं १८ गते अपराह्न साढे १ बजे बस्ने गरी आह्वान गरिएको छ ।