इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित

तु खबर संवाददाता
२०८० भाद्र १०, आईतवार ०८:२३

काठमाडौं । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थानले इन्जिनियरिङ शिक्षाको (बि.ईं÷बिआर्क) प्रवेश परीक्षा स्थगित गरेको छ ।

इन्जिनियरिङ अध्ययन संस्थान डिनको कार्यालयले शनिबार सार्वजनिक विज्ञप्ति जारी गर्दै इन्जिनियरिङ शिक्षाको प्रवेश परीक्षा स्थगित भएको जानकारी गराएको हो ।

संस्थानले बि.ई/बि.आर्क प्रवेश परीक्षा र सार्वजनिक गरिएको भर्ना शुल्क सम्बन्धमा सरोकारवाला पक्षहरुबाट चासो र विरोध भएकोले तत्कालका लागि प्रवेश परीक्षा सम्बन्धी भदौ १९ गते पछिका सम्पूर्ण पूर्व प्रकाशित तालिकाहरु अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि स्थगित गरिएको जनाएको हो ।

साथै संस्थानले समस्या समाधानका लागि सरोकारवाला पक्ष प्रध्यापक, कर्मचारी तथा विद्यार्थी र आन्दोनरत पक्षलाई छलफल तथा वार्तामा सम्मिलित भई उचित निकासहित शैक्षिक वातावरण निर्माण गर्नका लागि सबैमा आग्रह समेत गरेको छ ।