अभिनेता सानु ताम्राकारको ७४ वर्षको उमेरमा निधन
काठमाडौं । अभिनेता सानु ताम्राकारको शनिबार निधन भएको छ । ७४ वर्षीय उनको शनिबार दिउँसो ३ः२० बजे नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाका अनुसार, मृतक ताम्राकार २८ दिनदेखि मिर्गौलासम्बन्धी समस्याको उपचार गराइरहेका थिए ।
ताम्राकारको पार्थिव शरीरलाई आइतबार पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी रहेको अध्यक्ष निरौलाले जनाए ।
गत असार २१ गते छोरा सारुकको निधन भएपछि पुत्र वियोगले बुवा सानु ताम्राकार चिन्तामा थिए ।
