पहिरोका कारण अवरुद्ध हेटौंडा–काठमाडौं जोड्ने कान्तिलोकपथ खुल्यो

तु खबर संवाददाता
२०८० भाद्र ८, शुक्रबार ११:०३

मकवानपुर । पहिरोका कारण अवरुद्ध बनेको बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्ड खुलेको छ ।

गएराति परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको थियो । उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुरको भट्टेडाँडास्थित विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध बनेको कान्तिलोकपथ आज बिहान सवा १० बजेदेखि पुनः संचालनमा आएको मकवानपुर प्रहरीले जनाएको छ ।

 पहिरो गएको स्थान ललितपुर र मकवानपुर जिल्लाको सिमाना नजिकै पर्दछ । यस्तै, संघीय राजधानी काठमाडौं जोड्ने त्रिभुवन राजपथ, पूर्व–पश्चिम राजमार्ग र भीमफेदी–कुलेखानी सडकखण्डमा भने यातायात संचालनमा रहेको छ ।