जनता समाजवादी पार्टीले विभाग तथा सङ्गठनहरू गठन तथा पुनर्गठन गर्ने
काठमाडौँ । जनता समाजवादी पार्टी, नेपालले नयाँ विधानअनुरुप आफ्ना विभाग तथा सङ्गठनहरू गठन तथा पुर्नगठन गर्ने जनाएको छ ।
भदौ मसान्तभित्रमा नयाँ विधानअनुरुप प्रदेश समिति र राष्ट्रिय समितिहरू गठन र पुनर्गठन गर्ने तयारी भइरहेको पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
उनले जिल्ला/विशेष जिल्ला समन्वय समितिलाई पनि यथाशीघ्र विधानबमोजिम जिल्ला समितिमा रुपान्तरण वा पुनर्गठन गर्नुपर्ने भनी आन्तरिक परिपत्र जारी गरिएको छ र सोहीबमोजिम पार्टीले संगठनको अभिलेख अद्यावधिक गर्न लागेको जानकारी दिए ।
पार्टीले आगामी कात्तिक मसान्तभित्र नामावली सहितको सांगठनिक विवरण पठाउन पार्टी सङ्गठन र समितिलाई निर्देशन दिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
