एकीकृत समाजवादीको केन्द्रीय बैठक जारी

तु खबर संवाददाता
२०८० भाद्र ७, बिहीबार १३:५७
file-photo

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटीको बैठक आज  पनि जारी छ ।   बैठक आज बिहान ८ बजेबाट ललितपुरको बालकुमारीमा बसिरहेको छ ।

मंगलवारबाट सुरु भएको बैठकमा पार्टी अध्यक्ष माधवकुमार नेपाल र पार्टी महासचिव घनश्याम भुसालले प्रस्तुत गरेका विभिन्न प्रतिवेदनमाथि छलफल भइरहेको छ ।

मंगलवारको बैठकमा राजनीतिक प्रतिवेदन, लेखा आयोग र निर्वाचन आयोगको प्रतिवेदन पेस गरिएको थियो । सोही प्रतिवेदनमा छलफल भइरहेको छ । मंगलबारको बैठकमा ८१ जनाले आ–आफ्नो धारणा राखेका थिए ।