प्रधानमन्त्रीद्वारा हेटौंडा–भरतपुर–बर्दघाट प्रसारणलाइनको उद्घाटन

तु खबर संवाददाता
२०८० भाद्र ५,मंगलवार १६:००

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले मंगलबार हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी डबल सर्किट प्रसारणलाइनको उद्घाटन गरेको छन् ।

प्रधानमन्त्री प्रचण्डले नयाँ भरतपुर २२०/१३२ किलोभोल्ट (केभी) सबस्टेसनसँगै डबल सर्किट प्रसारणलाइनको पनि उद्घाटन गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले चितवनको भरतपुर महानगरपालिका–११ आँपटारीमा मर्स्याङ्दी करिडोर २२० केभी प्रसारणलाइन आयोजनाअन्तर्गत निर्माण गरिएको ‘ग्याँस इन्सुलेटेड सबस्टेसन (जीआईएस)’ प्रविधिमा आधारित सबस्टेसनको उद्घाट गरेका हुन् ।

नेपाल सरकार तथा नेपाल विद्युत प्राधिकरणको लगानी र युरोपेली लगानी बैंक (ईआईबी)को सहुलितपूर्ण ऋणमा सबस्टेसन र सरकार तथा प्राधिकरणको लगानी र विश्व बैंकको सहुलितपूर्ण ऋणमा हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइन निर्माण गरिएको हो ।

सबस्टेसनको लागत १ अर्ब ५२ करोड र प्रसारणलाइनको लागत ५ अर्ब ९४ करोड रुपैयाँ रहेको छ ।

उद्घाटन गरिएको हेटौंडा–भरतपुर–बर्दघाट २२० केभी प्रसारणलाइनको लम्बाइ करिब १४७ किलोमिटर छ ।