मकवानपुरको भीमफेदीमा एक महिलाको शव फेला
मकवानपुर । मकवानपुरको भीमफेदीमा शुक्रबार साँझ एक जना महिलाको शव फेला परेको छ ।
भीमफेदी गाउँपालिका वडा नम्बर ८ ईपा स्थित बागमती नदीको किनारमा अन्दाजी ३० वर्षीया महिलाको शव फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, हाल नाम, थर, बखत नखुलेको ती महिलाको शव घोप्टो परेको अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।
ती महिलाको शव पोष्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।