अरिङ्गालले टोकेर एक जनाको मृत्यु
गुल्मी । गुल्मीमा अरिङ्गालले टोकेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मुसिकोट नगरपालिका–४ का २१ वर्षीय शैलेससिंह ठकुरी रहेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
प्रहरीका अनुसार, सोमबार बेलुका साथिहरुसँग देविस्थान सामुदायिक जंगलमा सल्लाको बोटमा रहेको अरिङ्गागालको गोलो पोल्ने क्रममा उनलाई अरिङ्गालले टोकेको थियो ।
अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका उनी घरमै बसेका थिए । उनलाई मंगलबार बिहान आफन्तले गुल्मी अस्पताल पुर्याएकामा उपचारको क्रममा सोही अस्पतलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
