मकवानपुरमा भीरबाट लडेर पुरुषको मृत्यु
मकवानपुर । मकवानपुरमा भीरबाट लडेर सोमबार एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा इन्द्रसरोवर गाउँपालिका वडा नम्वर ३ चित्रघारीका ५३ वर्षीय विनोद कुमार बम्जन रहेको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएके छ ।
प्रहरीका अनुसार, सोमबार बिहान घर नजिकैको जंगलमा घाँस काट्ने क्रममा भीरबाट बम्जन लडेर घाइते भएका थिए । उनको उद्धार गरी आफ्न्तहरुले उपचारको लागि मनमोहन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
मृत शव मनमोहन अस्पतालमा राखिएको छ । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
