नेप्सेमा झिनो अंकको गिरावट
काठमाडौं । आज साता कारोबारको दोस्रो दिन अर्थात सोमबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ । सोमबार नेप्से परिसूचक ३.६१ अंकले घटेर २०७७ को विन्दुमा कायम भएको छ ।
यस्तै, नेप्सेमा सूचीकृत २७९ कम्पनीहरुको ५४ लाख १७ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९ करोड १३ लाख ९० हजारको कारोबार भएको छ ।
आज ६८ कम्पनीको शेयरमूल्य बढ्दा १४५ कम्पनीको शेयर मूल्य घटेको छ भने ११ कम्पनीको शेयरमूल्यमा हलचल आएको छैन । नेप्सेमा गिरावट आएसँगै अधिकांश उपसूचकहरुमा पनि रातो पोतिएको छ । सोमबार ८ उपसूचकमा रातो पोतिदा ५ उपसूचकमा भने हरियाली छाएको छ ।



