हेटौंडा र मकवानपुरगढीमा बाढी तथा डुबानको सम्भावना, सतर्कता अपनाउन आग्रह

तु खबर संवाददाता
२०८० श्रावण २८,आईतवार १०:४१
file photo

मकवानपुर । अविरल वर्षाका कारण हेटौंडा र मकवानपुरगढी क्षेत्रमा बाढी तथा डुबान हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ ।

जल तथा मौसम विज्ञान विभागले मकवानपुरको हेटौंडा उपमहानगरपालिका र मकवानपुरगढी गाउँपालिकाका तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरेको हो ।

विभागले पछिल्लो ३ घण्टामा मकवानपुरगढी र हेटौंडा आसपासको क्षेत्रमा भारी वर्षा मापन भएको र सो क्षेत्र भई बहने कर्रा, सामरी, पूर्वी राप्ती नदी लगायत स–साना खोलाहरुमा आकस्मिक बाढी आउने तथा डुबानको सम्भावना रहेकाले सतर्कता अपनाउन भनिएको छ ।