पहिरोका कारण भैंसे–भीमफेदी सडकखण्ड अवरुद्ध

तु खबर संवाददाता
२०८० श्रावण २८, आईतवार ०८:२६
file photo

मकवानपुर । अविरल वर्षासँगै आएको पहिरोका कारण भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको छ ।

भीमफेदी गाउँपालिका वडा नम्वर २ स्थित ज्यालटारमा माथिबाट लेदो माटोसहितको पहिरो जाँदा भैंसे–भीमफेदी सडकखण्डमा यातायात अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

पहिरोका कारण सडक अवरुद्ध हुँदा काठमाडौंबाट कुलेखानी–भीमफेदी हुँदै हेटौंडातर्फ आउने र हेटौंडाबाट भीमफेदी हुँदै काठमाडौंतर्फ जाने सवारीसाधनहरु रोकिएको छ ।

लगातार वर्षाका कारण पहिरो हटाउन कठिनाइ भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

उक्त स्थानमा यसअघि पनि पटक–पटक पहिरो जाने गरेको थियो ।