पहिरोका कारण कान्तिलोकपथ सडकखण्ड अवरुद्ध
मकवानपुर । पहिरोका कारण बागमती प्रदेशको राजधानी हेटौंडाबाट संघीय राजधानी काठमाडौं जोड्ने छोटो मार्ग अन्तरगत पर्ने कान्तिलोकपथ सडकखण्ड अवरुद्ध बनेको छ ।
बिहीबार परेको वर्षासँगै विभिन्न स्थानमा पहिरो जाँदा उक्त सडकखण्ड अवरुद्ध बनेको हो । उक्त सकडखण्ड अन्तरगत पर्ने ललितपुर जिल्लाको बागमती गाँउपालिकाको छपेली, कोतडाँडा, काल्चे लगायतको विभिन्न स्थानमा पहिरो जाँदा कान्तिलोकपथ अवरुद्ध बनेको सडकका सुपरभाइजर साजन न्यौपाने जानकारी दिए ।
पानी पर्ने क्रम नरोकिएकोले आज बाटो खुल्ने सम्भावना नरहेको उनको भनाई छ । उक्त सडकखण्ड अन्तरगत पर्ने मकवानपुरतर्फ बाटो भने अवरुद्ध नभएको उनले बताए ।
