श्रमिक टोल विकास संस्थाको नेतृत्व पुनः ढुंगेललाई

तु खबर संवाददाता
२०८० श्रावण २१, आईतवार ०८:२३

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगर वडा नम्वर ८ कमानेस्थित श्रमिक टोल विकास संस्थाको नेतृत्व पुनः इन्द्रप्रसाद ढुंगेलले गर्ने भएका छन् ।

संस्थाको २५ औँ साधारण सभा तथा अधिवेशनले ढुंगेलको नेतृत्वमा ११ सदस्सीय कार्य समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा कमला कार्की, सचिवमा रंजिता डंगोल, सहसचिवमा गोकुल चौलागाई र कोषाध्यक्षमा दिनेशप्रसाद मिश्र चयन भएका छन् ।

यसैगरी, सदस्यहरुमा क्रमशः विकास भट्ट क्षेत्री, रंजना दाहाल, चेतनाथ शर्मा, उत्तम थापा, रेणु लामिछाने र आरती तिमल्सिना रहेका छन् ।

हेटौंडा–८ का वडा अध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष धुर्व अधिकारी, हेटौंडा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भीम तिमल्सिना तथा उपमहानगरका विभिन्न वडाका टोल विकास संस्थाका अध्यक्षहरुको आतिथ्यता रहेको थियो ।