बागमतीका सात वटा अस्पताललाई शवबाहन हस्तान्तरण

तु खबर संवाददाता
२०८० श्रावण १४, आईतवार १९:०५

मकवानपुर । बागमती प्रदेश सरकारको मातहतमा रहेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले प्रदेशका विभिन्न जिल्लामा रहेको ७ वटा अस्पताललाई शवबाहन हस्तान्तरण गरिएको छ ।

उक्त शवबाहन बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले आइतबार एक कार्यक्रमबीच ७ वटा प्रादेशिक अस्पताललाई हस्तानतरण गरेको हुन् ।

केन्द्रले शवबाहन टेण्डरमार्फत खरिद गरेको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका लेखा अधिकृत राधाकृष्ण श्रेष्ठले जानकारी दिए । उनका अनुसार, शवबाहन भन्सार छुटमा खरिद गरिएको हो । मन्त्रालयबाट स्वीकृत कार्यक्रम अनुसार आर्थिक वर्ष २०७९÷०८० मै खरिद गरिएको शवबाहन प्रादेशिक अस्पतालहरुलाई हस्तान्तरण गरिएको हो ।

उक्त शवबाहन बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीले हस्तान्त्रण गरेका हुन् । शवबाहन हस्तान्तरण कार्यक्रममा स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्का, वरिष्ठ जनस्वास्थ्य प्रशासक दीपक प्रसाद तिवारी, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका कामु निर्देशक बसन्त अधिकारी र वरिष्ठ जनस्वास्थ्य प्रशासक सतिस विष्टको सहभागिता रहेको थियो ।