दिल्ली गएको माओवादी टोली स्वदेश फर्कियो

तु खबर संवाददाता
२०८० श्रावण १३, शनिबार ०८:३७

काठमाडौं । नेकपा माओवादी केन्द्रको टोली स्वदेश फर्केको छ । भारतीय जनता पार्टी (भाजपा) को निमन्त्रणामा साता दिन अघि नयाँ दिल्ली गएको माओवादी केन्द्रको टोली स्वदेश फर्केको हो ।

पार्टी उपाध्यक्ष पम्फा भुसालको नेतृत्वमा नयाँ दिल्ली गएको टोली शुक्रबार राति स्वदेश फर्किएको हो । भुषाल नेतृत्वको सो टोलीमा सचिव चक्रपाणि खनाल, स्थायी समिति सदस्य सत्य पहाडी, केन्द्रीय सदस्यहरु सुरेशकुमार राई र रामेश्वरराय यादव रहेका थिए ।