लागूऔषधसहित हेटौंडाबाट एक जना पक्राउ

तु खबर संवाददाता
२०८० श्रावण १२, शुक्रबार १८:०९
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले अवैध लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ । प्रहरीले लागूऔषध गाँजा ३ किलो ५ सय ग्रामसहित हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङबाट बिहीबार एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा बाराको निजगढ नगरपालिका–१ पटिहारी बस्ने १८ वर्षीय एक किशोर रहेका छन् । उनलाई अस्थायी प्रहरी पोष्ट थानाभर्याङको प्रहरीले पक्राउ गरेको हो ।

बिहिबार सुचनाको आधारमा चितवनबाट वीरगंज जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २७६२ नम्बरको बसलाई सुरक्षा जाँच गर्दा बसमा सवार उनको साथबाट सो परिमाणको गाँजा बरामद भएपनि निजलाई पक्राउ गरिएको हो ।

पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।