बुधबार पनि घट्यो नेप्से परिसूचक
काठमाडौं । आज साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार सामान्य अंकले घटेको छ । बुधबार शेयर बजार ८.११ अंकले घटेर २,१५६ को विन्दुमा कायम भएको छ ।
यस्तै, आज नेप्सेमा सूचीकृत २६० कम्पनीहरुको ७३ लाख ९९ हजार कित्ता शेयर किनबेच हुँदा दुई अर्ब ४३ करोड २५ लाखको कारोबार भएको छ ।
मंगलबार नेप्से सूचकांक ३६.१९ अंकले घटेर २१६४ विन्दुमा कायम भएको थियो भने नेप्सेमा सूचीकृत २६७ कम्पनीहरुको ७७ लाख १६ हजार कित्ता शेयर किनबेच हुँदा २ अर्ब ९१ करोड ७ लाख रुपैयाँमाथिको कारोबार भएको थियो ।
नेप्से सूचकांक घटेसँगै १० वटा उपसूचकमा रातो पोतिएको छ । आज अन्य उपसूचक ०.७०, म्युचुअल फण्ड ०.३७ र फाइनान्स उपसूचक ०।०८ प्रतिशतले बढेको छ ।