सुन चाँदीको मूल्य पुनः बढ्यो
काठमाडौँ । सुन र चाँदीको मूल्य पुनः बढेको छ ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य तोलामा ५ सय र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।
आज छापावाल सुनको मूल्य १ लाख १२ हजार ७ सय रुपैयाँ, तेजावी सुनको मूल्य एक लाख १२ हजार १५० र चाँदीको मूल्य १४ सय ६५ रुपैयाँ कायम भएको छ ।
हिजो १ लाख १२ हजार २ सय रुपैयाँमा छापावाल र एक लाख ११ हजार ६५० रुपैयाँमा तेजावी सुनको कारोबार भएको थियो ।
यस्तै, १४ सय ६५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
