माछा मार्ने क्रममा जालमा फसेर युवकको मृत्यु

तु खबर संवाददाता
२०८० श्रावण ६, शनिबार १६:०४
सांकेतिक तस्वीर

पाल्पा । पाल्पामा माछामार्ने जालमा फसेर एक जना युवकको मृत्यु भएको छ ।

जिल्लाको रम्भा गाउँपालिकावडा नम्बर –२, फोक्सिङकोट रानीबासका २६ वर्षीय कोपिल पाडेमगरको माछामार्ने जालमा फसेर मृत्यु भएको हो ।

उनको कालीगण्डकी नदीमा माछा मार्न प्रयोग गरिने जालमा फसेर डुब्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, फोक्सिङकोटको छाप गाउँमा बस्दै आएका पाडेमगरको घरदेखि एक किलोमिटर टाढाको नदीमा माछा मार्न गएका बेला डुबेर मृत्यु भएको हो ।

उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।