गोली हानी युवकको हत्या
विराटनगर । सुनसरीको धरानको सडकखण्डमागोली हानी विराटनगरका युवकको हत्या भएको छ । शुक्रबार बेलुका विराटनगर महानगरपालिका–५ का २८ वर्षीय रोहित चौधरीको हत्या भएको हो ।
उनीमाथि धरान– इटहरी सडक खण्डको सेउती पुल नजिकै गोली प्रहार भएको थियो । मूलघाटबाट विराटनगर जाँदै गरेका उनको दाहिने कोखमा गोली लागेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, गोली लागेर गम्भीर घाइते भएका चौधरीको उपचारका क्रममा विपी प्रतिष्ठानमा मृत्यु भएको हो । उनको साथमा भएको रकम र मोबाइल पनि लुटिएको छ ।
उक्त घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
