हेटौंडामा अटो दुर्घटना हुँदा तीन जना घाइते

तु खबर संवाददाता
२०८० श्रावण १, सोमबार १५:४९
File Photo

मकवानपुर । पूर्व–पश्चिम सडकखण्ड अन्तरगत पर्ने मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ सान्नानटारस्थित आज दिउँसो सवारी दुर्घटना हुँदा तीन जना घाइते भएका छन् ।

तपोवनबाट सान्नानटारतर्फ आउँदै गरेको ना २ ह २५८३ नम्वरको अटो आँफै अनियन्त्रित भई दुर्घटना हुँदा तीन जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकाी दिए ।

घाइते हुनेहरुमा हेटौंडा–७, कमाने बस्ने ४० वर्षीय गंगा फुयाल, उनको छोरा बर्ष २१ को संदिप फुयाल र सोही ठाउँ बस्ने ३५ वर्षीया मिना फुयाल रहेका छन् । घाइतेहरुलाई उपचारको लागि हेटौंडा अस्पतालमा लगिएको प्रहरी नायव उपरीक्षक कार्कीले बताए ।

अटो र चालकलाई नियन्त्रणमा लिई प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएके छ ।