बागमती प्रदेश प्रमुखद्वारा दुई वटा विधेयक प्रमाणीकरण
मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले दुई वटा विधेयक प्रमाणीकरण गरेका छन् । प्रदेश प्रमुख शर्माले नेपालको संविधानको धारा २०१ को उपधार २ बमोजिम प्रदेश सभाबाट हालै पारित भई आएको दुई वटा अर्थ सम्बन्धि विधेयकलाई आइतबार प्रमाणीकरण गरेका हुन् ।
प्रदेश प्रमुख शर्माले प्रदेश सरकारको अर्थ सम्बन्धि प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०८० र आर्थिक वर्ष २०८०–०८१ सेवा, कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्थान गर्न बनेको विधेयक २०८० प्रमाण्ीकरण गरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।
ती दुबै विधेयक गत असार २१ गते बसेको प्रदेश सभाबाट पारित भएको थियो ।
