जयनगर– जनकपुरको रेल्वे सेवा विस्तार
जनकपुर । नेपालको एक मात्र जनकपुर–जयनगर रेल्वे सेवाले आफ्नो क्षेत्र विस्तार गरेको छ । जसअनुसार आजदेखि उक्त रेल आफनो क्षेत्र विस्तार गर्दै महोत्तरीको भंगहासम्म पनि संचालन भएको छ ।
उक्त रेल सेवा जनकपुरधामको कुर्थादेखि महोत्तरीको भंगहासम्म थप १७ किलोमिटर दूरीमा संचालन हुन लागेको हो । उक्त रेल सेवाको उद्घाटन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले गर्दैछन् ।
यसअघि जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म ३५ किलोमिटरमा रेलसेवा संचाल हुँदै आएको थियो ।
