विभिन्न विधामा योगदान पुर्याउने ६ जना पुरस्कृत हुने

तु खबर संवाददाता
२०८० असार ३१, आईतवार ०९:४३

मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले विभिन्न विधामा यागदान पुर्याउने ६ जनालाई पुरस्कार वितरण तथा सम्मान गर्ने भएको छ । मातृभूमि समाजले आगामी साउन ५ गते शुक्रबार एक कार्यक्रमको आयोजना गरी उनीहरुलाई पुरस्कार वितरण तथा सम्मान गर्ने भएको हो ।

समाजका अध्यक्ष माधव पोखरेलका अनुसार, मकवानपुरका वरिष्ठ साहित्यकार आरआर चौलागाईलाई श्याम श्रेष्ठ स्मृति–मातृभूमि पुरस्कार–२०७९ बाट पुरस्कृत गर्न लागिएको हो । वरिष्ठ साहित्यकार चौलागाईलाई नगद १५ हजार रुपैयाँसहित पुरस्कृत गर्न लागिएको हो ।

यस्तै, ‘इश्वरी स्मृति–मातृभूमि पुरस्कार–२०७९’ काठमाडौंका वरिष्ठ साहित्यकार शैलेन्द्र प्रकाश नेपाल, होमनाथ बलदेवी मातृभूमि छन्द पुरस्कार–२०७९ चितवनका वरिष्ठ साहित्यकार लकाश पौडेललाई, ‘शेखर शर्मा रिजाल स्मृति– मातृभूमि शैक्षिक सम्मान–२०७९’ मकवानपुरका रामचन्द्र आचार्य ‘फुर्सती’ लाई प्रदान गरिने बताइएको छ ।

यसैगरी ‘शेखर शर्मा रिजाल स्मृति–मातृभूमि शैक्षिक सम्मान–.२०७९’ मकवानपुरका मालती उप्रेतीलाई प्रदान गरिने बताइएको छ । नेपाल, पौडेल, फुर्सती र उप्रेतीलाई जनही नगद १५/१५ हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने अध्यक्ष पोखरेलले बताए ।

यस्तै ‘झलकबहादुर बानियाँ जीवन संघर्ष–मातृभूमि सम्मान– २०७९’ बाट हेटौंडा–१८ हर्नामाडीमा रहेको कमला आधारभूत विद्यालयका एक विद्यार्थीलाई प्रदान गरिने भएको छ । ती विद्यार्थीलाई नगद ७ हजार ५ सय रुपैयाँ राशिसहित सम्मानित गर्न लागिएको अध्यक्ष पोखरेलले बताए ।