बालबोध मावि हटियामा युवा रेडक्रस सर्कल पुनर्गठन

तु खबर संवाददाता
२०८० असार २९, शुक्रबार १८:३४

मकवानपुर । बालबोध माध्यमिक विद्यालय हटियामा ‘युवा रेडक्रस सर्कल’ पुनर्गठन गरिएको छ । अरुणा गर्तौलाको अध्यक्षमा ११ सदस्यीय युवा रेडक्रस सर्कल पुनर्गठन गरेको हो ।

कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री शिवहरि दाहालको प्रमुख आतिथ्यमा तथा बालबोध माविका शिक्षक नायक शंकर भण्डारीको अध्यक्षतामा भएको हो ।

सो क्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका उपमन्त्री दाहालले रेडक्रस अभियान, जुनियर युवा रेडक्रसको आवश्यकता र महत्वलगायतका विषयमा विद्यार्थीहरूलाई प्रशिक्षण दिएका थिए ।

कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी हटिया उपशाखाका सभापति राजकुमार बास्तोला, बालबोध माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रदिप अर्याल, प्रधानाध्यापक रमेश रिजाल, उपशाखा सचिव मोहनचन्द्र चौलागाईं, कोषाध्यक्ष रामकुमार अर्याल, विद्यालय व्यवस्थापन समिति सदस्य कृष्णदेव भण्डारी लगायतकाको सहभागिता रहेको थियो ।