वडा कार्यालयद्वारा किसानलाई उपकरण हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडा कार्यालयले कृषक समूहलाई कृषि उपकरणहरु हस्तान्तरण गरेको छ ।
कार्यालयले व्यवसायिक कृषितर्फ आक्रषण गर्न वडामा रहेका ५ वटा कृषक समूहलाई हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेको हो ।
३ नम्बर वडा कार्यालयको अगुवाईमा गठन गरिएको कृषक समूहलाई हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामा र उपप्रमुख राजेश बानियाँले हाते ट्रयाक्टर र घाँस काट्ने मेसिन हस्तान्तरण गरेका हुन् ।
वडा कार्यालयको बजेटबाट खरिद गरिएको हाते ट्रयाक्टरको प्रति गोटा ६५ हजार र घाँस काट्ने मेसिनको ३५ हजार रुपियाँ परेको वडा सचिव महेन्द्र चापागाईँले जानकारी दिए ।
कार्यक्रममा हेटौंडा उपमहानगरपालिका–३ नम्बर वडाका अध्यक्ष ढलकबहादुर थापा, टोल विकास सस्था वडा समन्वय समितिका संयोजक रोशन गोले र वडामा गठन गरिएको ५ वटा कृषक समूहका अध्यक्ष तथा पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।
