प्रधानमन्त्री प्रचण्डलाई पत्नीशोक

तु खबर संवाददाता
२०८० असार २७, बुधबार ०९:२५

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) पत्नीशोक परेको छ । उनकी धर्मपत्नी सीता दाहालको आज बिहान मृत्यु भएको हो ।

पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित उनको आज बिहान नर्भिक अस्पतालमा मृत्यु भएको हो ।

अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे मृत्यु भएको हो । स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान मात्रै अस्पताल लगिएको थियो ।