हेटौंडा–३, बसामाडीको खानेपानी आयोजना बोर्डमा हस्तान्तरण
मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ३, बसामाडीमा रहेको खानेपानी आयोजनालाई हस्तान्तरण गरिएको छ ।
मिलनटोल विकास संस्थाको व्यवस्थापनमा संचालन हुँदै आएको उक्त खानेपानी आयोजना मंगलबार एक कार्यक्रमबीच हेटौंडा खानेपानी बोर्डलाई गरिएको हो ।
टोल विकास संस्थाका अध्यक्ष धनबहादुर घलानले बोर्डका अध्यक्ष प्रताप बिष्ट र कार्यकारी निर्देशक बिष्णुप्रसाद सापकोटालाई जिम्मेवारी हस्तान्तरण गरेका हुन् ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता र उपप्रमुख राजेश बानियाँको बिशेष आतिथ्यतामा भएको हो ।
खानेपानी आयोजना बोर्डमा हस्तान्तरण भएसँगै स्थानीयले न्यूनतम शुल्कमा खानेपानीको उपभोग गर्न पाउँने भएका हुन् । १४० धारा रहेको टोलमा खानेपानीको व्यवस्थापनमा समस्या रहँदा पानीको उपभोगमा समस्या रहँदै आएको थियो ।
