बागमती प्रदेश सभा ४ः४५ बजेसम्मका लागि स्थगित
मकवानपुर । बागमती प्रदेश सभा बैठक ४ः४५ बजे सम्मका लागि स्थगित भएको छ । प्रदेश सभाका सभामुख भुवन कुमार पाठकले सो बारे जानकारी गराउँदै प्रदेश सभाको आज अपराह्न बसेको पहिलो बैठक स्थगित गरेका हुन् ।
अपराह्न ३ बजे बस्ने गरी बोलाइएको प्रदेश सभा १ घण्टा ढिला गरी ४ बजेपछि सुरु भएको थियो । सो बैठकको शूल्य समयमा २७ जना प्रदेश सभा सदस्यहरुले आ–आफ्ना भनाईहरु राखेका थिए ।
यस्तै, बैठकमा प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले प्रदेश सरकारको तर्फबाट महालेखा परीक्षककाको पाँचौ वार्षिक प्रतिवेदन २०७९ पेस गरेका थिए ।
यसैगरी, प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिं लामाले प्रदेश सरकारको तर्फबाट आर्थिक वर्ष २०८०–०८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० लाई विचार गरियोस् भनि सभामा पेस गरेका थिए । मन्त्री लामाले पेस गरेको उक्त विधेयकलाई बहुमत स्वीकृत प्रदान गरेका थिए ।
सभामुख पाठकले आज अपराह्न बस्ने दोस्रो बैठकमा उक्त विधेयकको छलफल अन्तरगत पर्ने विभिन्न कार्यालय र मन्त्रालयमाथि एकमुष्ट छलफल हुने जानकारी दिए ।
