हेटौंडाबाट लागूऔषधसहित एक जना पक्राउ

तु खबर संवाददाता
२०८० असार १७, आईतवार १५:२२
सांकेतिक तस्बिर

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध खैरो हिरोइनसहित शनिबार हेटौंडाबाट एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको भीमफेदी गाउँपालिका–५, का २४ वर्षीय रोहित मिजार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

मिजारलाई हेटौडा–१५, रातोमाटेबाट एक ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको हो । प्रहरीका अनुसार, रातोमाटे चेकपोष्टमा वीरगंजबाट हेटौंडा आउँदै गरेको बागमती प्रदेश–०३–००१ ज ३१५ नम्वरको माईक्रो गाडीलाई चेकजाँच गर्दा माइक्रोमा सवार मिजारको साथबाट खैरो हिरोईन एक ग्राम फेला पारेको थियो ।

मिजारलाई खैरो हिरोइनसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाइएको छ ।