करेन्टले लियो मजदुरको ज्यान
झापा । झापाको बिर्तामोडमा करेन्ट लागेर आज एक जना मजदुरको ज्यान गएको छ । करेन्ट लागेर बिर्तामोड नगरपालिका–३ निवासी ४० वर्षीय धनबहादुर राजवंशीको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
प्रहरीका अनुसार, आज घैलाडुब्बा–बिर्ताबजार सडक खण्डअन्तर्गत बिर्तामोड–२ स्थित कच्छुबारीमा बाटोको प्लम हाल्नका लागि सडकमा जमेको पानी मोटर लगाएर फ्याँक्ने क्रममा उनलाई करेन्ट लागेको थियो ।
सडक निर्माणको क्रममा कटेन्ट लाग्दा राजवंशीको घटनास्थलमा नै ज्यान गएको जनाइएको छ ।
