ढकालले दिए बकर इदको शुभकामना
मकवानपुर । नेपाल परिवार दलका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले मुस्लिम समुदायमा हर्षोल्लासपूर्वक मनाइँदै गरिएको बकर इद (इद उल अजाह) को उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरुलाई शुभकामना दिएका छन् ।
ढकालले रमजान पर्वको ७० औं दिनमा मनाइने यस पर्वको अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली तथा मुसलमान समूदायलाई सुख, शान्ति, समृद्धि एवम् दीर्घायुको कामना गरेका छन् ।
उनले नेपालको समग्र विकास र शान्तिमा मुस्लिम समूदायको योगदान अग्रणी रहेको उल्लेख गरेका छन् । प्रत्यक नेपालीको आ–आफ्नो धार्मिक आस्था र विस्वासको सबैले सम्मान गर्नुपर्ने बताउँदै उनले बकर इद पर्वले आपसी मेलमिलाप सामाजिक सद्भाव, प्रेम र नेपालीबीचको एकता थप बलियो बनाउने विश्वास व्यक्त गरे ।
बकर इदको अवसरमा सरकारले देशैभर सार्वजनिक विदा दिनु अत्यन्तै सकारात्मक र स्वागतयोग्य भएको बताए ।



