हेटौंडाका रिमाल पक्राउ

तु खबर संवाददाता
२०८० असार १२, मंगलवार १६:१४

मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित सोमबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४, मयूरधाप नयाँवस्तीस्थित सडकखण्डबाट एक जनालाई पक्राउ गरेको छ ।

प्रहरीले लागूऔषध ओनरेक्स ३८ बोतलसहित हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ बस्ने ३५ वर्षीय अर्पण रिमाललाई पक्राउ गरेको हो ।

प्रहरीका अनुसार, सोमबार साँझ चुरीयामाईबाट मयुरधापतर्फ आउदैं गरेको ना. ६ प २३२८ नं. को मोटरसाइकलमा सवार रहेका रिजाललाई चेकजाँच गर्ने क्रममा लुकाइछिपाइ राखिएको उक्त परिमाणको लागूऔषध फेलापछि निजालाई पक्राउ गरिएको हो ।

रिजाललाई अस्थायी प्रहरी पोष्ट मयुरधाप मकवानपुरबाट प्रहरी सहायक निरीक्षक निर्दोस लामाको कमाण्डमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाएको जनाइएको छ ।