चलचित्र संघको निर्णय : आदिपुरुष बाहेकका हिन्दी फिल्म चलाउने

तु खबर संवाददाता
२०८० असार ८,शुक्रबार १५:३९
file-photo

काठमाडौं । नेपाल चलचित्र संघले हिन्दी आदिपुरुष बाहेक अन्य हिन्दी फिल्म चलाउने निर्णय गरेको छ । शुक्रबार एक विज्ञप्ति जारी गर्दै संघले सो जानकारी गराएको हो ।

उच्च अदालत पाटनले २०८० असार ७ गते गरेको विपक्षीहरुको नाममा हिन्दी एवम् अन्य चलचित्र प्रदर्शन नगर्नु÷नगराउनु भनी अल्पकालीन आदेश जारी गरेको थियो । उक्त आदेशको सम्मान गर्दै शुक्रबारबाटै नेपालभर फिल्म प्रदर्शन गर्ने निर्णय गरेको संघले जनाएको छ ।

यस्तै, नेपाल कानूनको अधिनमा रही स्वतन्त्र रुपमा व्यवसायी गर्न पाउनु आफ्नो नैसर्गिक अधिकार रहेको जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

केही दिनअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले हिन्दी सिनेमा आदिपुरुषमा रहेको संवादका विषयलाई लिएर काठमाडौं महानगरभित्र हिन्दी फिल्म रोक लगाउने गरेका थिए ।