पहिरोमा पुरिएर एकै परिवारका ४ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० असार ८, शुक्रबार १५:२४
file-photo

ओखलढुङ्गा । ओखलढुङ्गामा पहिरोमा परेर ज्यान गुमाउनेको संख्या चार पुगेको छ । गएराति अविरल वर्षाका कारण आएको पहिरोले घर बगाउँदा दुई जनाको मृत्यु भएको थियो भने अन्य दुई बेपत्ता भएका थिए ।

बेपत्ता दुबैको शव भेटिएको प्रहरीले जनाएको छ । बिहीबार राति चम्पादेवी गाउँपालिका–८ विलन्दुका ३६ वर्षीय रणबहादुर गुरुङको घर पहिरोले बगाउँदा उनीसँगै २९ वर्षीय श्रीमती शिवमाया, १० वर्षीय छोरा दिनेश र १८ महिनाकी छोरी कृतिका गुरुङको मृत्यु भएको थियो ।

आमा–बाबुको शव बिहानै भेटिए पनि बेपत्ता छोराछोरीको शव स्थानीयवासी र सुरक्षाकर्मीले पहिरोबाट निकालेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

राति करिब ११ बजेतिर बस्ती माथिबाट आएको पहिरोले गुरुङसँगै बलबहादुर गुरुङ र जरसिंह गुरुङको घर पनि पहिरोले बगाएको थियो । अन्यले भागेर ज्यान जोगाएका थिए ।