इनारभित्र भेटियो पुरुषको शव

तु खबर संवाददाता
२०८० असार ७, बिहीबार १५:१६

जनकपुरधाम । धनुषाको ढल्केबरमा बिहीबार बिहान इनारभित्र एक पुरुषको शव फेला परेको छ । बिहान ढल्केबरस्थित दक्षिण चोकमा रहेको इनारभित्र एक पुरुषको शव फेला परेको हो ।

स्थानीयवासीले इनारभित्र शव रहेको देखेपछि प्रहरीलाई खबर गरेको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ ।

प्रहरीका अनुसार, शवको पहिचान तत्काल खुल्न नसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान भइरहेको जनाइएको छ ।