आज यी प्रदेशमा भारी वर्षाको सम्भावना

तु खबर संवाददाता
२०८० असार ५, मंगलवार ०८:५१
file-photo

काठमाडौं । हाल देशको पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु र पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार, जसको प्रभावले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहनुका साथै गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

आज राति कोशी, मधेस, गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना रहेको छ भने बागमती र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा देशको बाँकी भू–भागमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी तथा पहिरोको जोखिम उच्च रहेकोले सतर्क अपनाउन सबैलाई आग्रह गरेको छ ।