नेपाल आउने बुद्धिष्टहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न सांसद ढकालको माग

तु खबर संवाददाता
२०८० असार ३, आईतवार १७:४७

काठमाडौँ । प्रतिनिधि सभा सदस्य एकनाथ ढकालले नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा अपमानजनक व्यवहार हुने गरेको गुनासो आएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले भिक्षु, भिक्षुणीहरुलाई विमानस्थलमा फाष्टट्रयाकको व्यवस्था गर्न मागसमेत गरेका छन् ।

उनले भने, ‘नेपाल भ्रमणमा आउने बुद्धिष्ट भिक्षु, भिक्षुणीहरु हुनुहुन्छ । उहाँहरुले नेपालको एयरपोर्टमा अपमानजनक व्यवहार व्यहोर्नुपरेको गुनासो उहाँहरुले गर्नुभएको छ । नेपाल सरकारको ध्यानाकर्षण गराउन चाहन्छु, एयरपोर्टमा भिक्षु, भिक्षुणीहरुका लागि फास्टट्रयाकको व्यवस्था गरियोस् । जुन धेरै बौद्धमार्गी देशहरुमा त्यो व्यवस्था छ । नेपालमा पनि त्यो व्यवस्था गरियोस् भनेर म सरकारसँग माग गर्न चाहन्छु ।’