करेन्ट लागेर २ जनाको मृत्यु

तु खबर संवाददाता
२०८० असार २, शनिबार १५:२८
file-photo

रौतहट । रौतहटको बौधिमाई नगरपालिकामा शनिबार करेन्ट लागेर २ जनाको मृत्यु भएको छ । बौधिमाई नगरपालिका– ५ कोपवामा पानी तान्ने मोटरमा विद्युत जडान गर्ने क्रममा करेन्ट लागेर २ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा स्थानीय अरुण शाह र सितावी पण्डित रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार, शाहले आफ्नै आँगनमा रहेको ट्युबवेलबाट विद्युतीय मोटर संचालन गर्न खोज्दा उनलाई करेन्ट लागेको थियो ।

शाहलाई करेन्ट लागेको देखेपछि उनलाई बचाउन जाने क्रममा सँगै रहेका सितावी पण्डितलाई पनि करेन्ट लागेको प्रहरीले जानकारी दिएको छ ।

करेन्ट लागेर गम्भीर घाइते भएका दुबै जनालाई उपचारका लागि गौर अस्पतालमा ल्याइएकोमा उपचारकै क्रममा दुबै जनाको मृत्यु भएको जनाइएको छ ।